स्वास्थ्यकर्मी माथी भैईरहेका दुर्व्यवहार रोक्न सरकार समक्ष तरुण दलको माग

फाईल तस्विर !!

काठमाण्डौं,भदौ,८-नेपाल तरुण दलले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना रोक्न सरकार समक्ष जोड्दार माग गरेको छ । 

पछिल्लो समय कोरोना भाईरसको उच्च त्रासको बाबजुद पनि अग्रपंङतीमा रही काम गरिरहेका स्वास्थ्यकर्मी माथी भैईरहेको दुर्व्यवहार र अपहेलना प्रति नेपाल तरुण दल केन्द्रिय समितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यान आकर्षण भएको जनाएको छ । 

विज्ञप्तीमा भनिएको छ,त्यस किसिमको अमानवीय व्यवहार जोसुकैले पनि गर्छ भने त्यस्तालाई कारवाहीको दायरामा ल्याउन समेत सम्बन्धित सरोकार पक्ष संग तरुण दलले माग गरेको छ ।

यसैविच यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समितिले उच्च सम्मान प्रकट गरेको छ ।

साथै समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतलाई सरकार र नेपाली जनता सबै मिलेर उच्च मनोबल र हौसला समेत प्रदान गर्न नेपाल तरुण दलले अनुरोध गरेको छ ।

यस्तै तरुण दल केन्द्रिय समितिले देशको विभिन्न ठाउमा निषेधाज्ञा जारी भएको कारण सबैजना घर भित्रै बसेर आफुलाई सुरक्षित राख्नको लागि समेत अनुरोध गरेको छ ।

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतद्धारा जारी विज्ञप्तीमा यस्तो लेखिएको छ ।
बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी नेपालमा पनि दिनानुदिन बढीरहेको छ । पछिल्लो समयमा समुदाय स्तरमा नै फैलिएको हो कि भन्ने आशंका पनि गरिएको छ र यसैलाई मध्यनजर गर्द केही दिन देखि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तो विषम परिस्थितिमा समाजको अग्रपंङतीमा रहि जोखिमपुर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रिय समिति उच्च सम्मान प्रकट गर्दछ ।

साथसाथै विगत केहि दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुर्व्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यसैले यस्तो अमानवीय व्यवहारमा संलग्न जोसुकै होस कारवाहीको दायरामा ल्याउन र अग्रपंङतीमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका निम्ति सरकार समक्ष नेपाल तरुण दल केन्द्रिय समिति जोडदार माग गर्दछ।विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्ती:

विज्ञप्ती