तेस्रो समर कप फुटसल आज : बिहानी एफसीको पनी सहभागीता

फुकुओका,जापान,साउन,५-

श्री गणेश खुकुरी एफ सी द्वारा आयोजित तेस्रो समर कप २०१८ फुटसल टुर्नामेन्ट आज जापानको फुकुओकामा हुदैछ ।   प्रतीयोगीतामा २० वटा टिमले सहभागीता जनाएका छन् ।

बिहानी फुटबल क्लवले यो प्रतीयोगीता मार्फत पहिलो पटक डेब्यु गर्न लागेको छ । यस क्लवले प्रवासमा रहेर बसेका तर खेलकुदको क्षेत्रमा पछि परेकाहरुलाई टिममा सहभागीता गराउदै उत्कृष्ट खेल प्रर्दशन गर्ने मनशाय बोकेर आज खेल मैदानमा उत्रदैछ । यो टिम बिहानी अनलाईन डटकम मार्फत संचालनमा ल्याईएको हो ।

आजको खेलमा बिहानी एफसिले सुरुमा जापानको समय अनुसार दिउँसो १२:४० बजे पहिलो खेल जेएमई ओगोरी संग सामना गर्नेछ भने त्यस्तै १:२० बजे दोस्रो खेल वाजीरो संग खेल्नेछ, भने तेस्रो खेल २:०० बजे एफएनएस कुरुमे एफसी ग्रिन संग भिड्ने छ, भने लिगको अन्तीम चौथो खेल २:४० बजे केआईसी ईगल एफसी संग प्रतीस्पर्दा गर्नेछ । 

प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गरि खेलाईदै छ ।

बिहानी फुटबल क्लवबाट सहभागीहुने खेलाडीहरुको नामावली

१. दुर्लभ सारु मगर (गोलकिपर)

२. प्रमोद श्रेष्ठ ( मिड फर्वाड )

३. उज्वल क्षेत्री ( लेफ्ट स्टाईकर )

४. कलम घिसिङ ( राईट फर्वाड)

५. रमेश जि.सी ( मिड डिफेन्डर)

६.मनीश पुटुवार ( डिफेन्डर)

७. बिजयी गुरुङ

फुटसल प्रतीयोगीतामा विजयी हुनेलाई ३ लाख जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने प्रथम रनर अपलाई १ लाख ५० हजार ट्रफि मेडल यस्तै दोस्रो रनर अपलाई ५० हजार ट्रफि मेडल त्यस्तै तेस्रो रनर अप लाई ईन्ट्री फि फ्रि र ट्रफि मेडल पुरस्कार रहेको छ । यस्तै हरेक खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ “द”म्याचको  ट्रफि र उत्कृष्ट खेलाडी र उत्कृष्ट किप्परलाई टप स्कोरको ट्रफि पनी प्रदान गरिने छ ।