अभिनेता पल शाह आज रिहा हुने

काठमाडौं,फाल्गुन,१५-अभिनेता पल शाह (पूर्णविक्रम शाह) आज सोमवार रिहा हुदैछन् ।

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह लाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले सफाइ दिएको थियो।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको जानकारी दिनुभएको थियो।

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।