क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्ने

खेल नेपाली समय अनुसार पौने १२ बजे सुरु हुने

क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग  खेल्ने ||NEP vs PNGL Live Score, In the Match of Nepal T20 Tri-Series which will be played at Al Amerat Cricket Ground Oman Cricket (Ministry Turf 1), Ocman. NEP vs PNG L
फाईल तस्विर गुगलबाट साभार गरिएको हो ।।

टोकियो,जापान,१५-आईसीसी क्रिकेट विश्वकप लिग टु आज सोबारबाट यूएईमा सुरु हुदैंछ।पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)सँग खेल्दै छ । 

खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

घरेलु मैदानमा स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु को शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सबै चार खेल जितेर उच्च मनोबलका साथ नेपाली टोली यूएई पुगेको छ । त्यही लय कायम राख्दै सुखद नतिजा ल्याउने विश्वकपमा नेपाली टिम छ ।

नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला हुन लागेको यो दोस्रो पटक हो । यसअघि गत वर्ष मार्चमा यूएईमै यी तीन टोलीबीच शृङ्खला भएको थियो । यो शृङ्खलामा पीएनजीको मैदानमा हुनुपर्ने भए पनि प्राविधिक कारणले यूएईमै खेलाउन लागिएको हो ।

गत वर्ष भएको लिग टु शृङ्खलामा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पीएनजीबीचको दुई खेको शृङ्खला भने पीएनजीले जितेको थियो ।

घरेलु मैदानमा भएको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित भएको थियो ।आज हुने खेलमा नेपाल जितका साथ सिरिजको सुरुआत गर्न चाहान्छ । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । 

नेपालको सम्भावित प्लेईङ-११

आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,गुल्सन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र ललित नारायण राजवंशी