रात दिन नभनी नलागेको भए सायद हल्ला हुदैन थियो ।

विवेन,

काठमाण्डौं,असार,२०-

असार ३० गते प्रदर्शन मा आउन लागेको नेपालि चलचित्र सायद २ को पब्लिसिटी मा यति बेला चलचित्र का निर्माता तथा कलाकार सुनिल रावल रात दिन नभनी लागिपरेका छन् ।

कहिले पुर्व त कहिले पश्चिम हुदै फैलिएको सायद २ को चर्चा अझै बढाउन का लागि चलचित्र को अफ़िसिएल फेसबुक पेज मा हरेक दिन प्रश्न राख्ने गरेको छ जसकारण दर्शक अझ बढि चलचित्र प्रति चासो लिने उनको धारणा रहदै आएको छ ।

यसैगरि सुनिल रावल चलचित्र को प्रचार प्रसार गर्नमा निकै माहिर पनि ठहरिएका छन् । कहिले आफै त कहिले चलचित्र मा अभिनित कलाकार को साथमा विभिन्न मिडिया मा समेत आउने गरेका छन् ।

चलचित्र को जति प्रोमोसन हुन्छ दर्शकलाइ उतिनै बढी जानकारी हुन्छ भन्ने उनको मान्यता रहेको छ । अब चलचित्र को प्रदर्शन हुन लगभग एक हप्ता जति मात्र बाकि रहेको छ ,आशा छ चलचित्र ले जति प्रोमोसन पाएको छ त्यतिनै सफल पनि होस्  बिहानी अनलाईन परिवारको तर्फबाट अग्रिम शुभकामना सम्पुर्ण सायद २ परिवारलाइ ।

सायद २ फिल्मको प्रोमो हेर्नुहोस् ।