नेपाल मगर संघ बारा काठमाण्डौं सम्पर्क समितीद्धारा १३० परिवारलाई राहत बितरण

काठमाण्डौं,बैशाख,२५-नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समीतीले राहत बितरण गरेको छ। बारा जिल्ला निजगढ नगरपालिका घरभई काठमाडौंमा बसोबास गर्दै आएका १३० परिवारलाई बुधबार राहत बितरण गरेको थियो ।

नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितीले संकलन गरेको ५० बोरा चामल र २ बोरा दाल काठमाडौंको जोरपाटी, चाबेल, कलंकी र ललितपुरको एकान्तकुनामा प्रती परिवार १० केजी चामल र १ केजी दाल वितरण गरेको नेपाल मगर संघ क्युशु जापानका पूर्व अध्यक्ष तथा नेपाल मगर संघ २ नं. समन्वय समितीका सचिब मिलन मगरले जानकारी दिनुभयो।

उहाॅंले सोही स्थानका बासिन्दालाई आफुले अमेरिका, कोरिया, जापान, युके, अष्ट्रेलीया लागायत अन्य मुलुक बाट सहयोग दिने प्रातिबद्धता गरेको पनी बताउनुभयो ।

उक्त राहत नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितीको सल्लाकार दिल माया जर्घा, उपाध्यक्ष सुर्य पुलामी मगर, सचिब पुष्कर मगर र पूर्ण तमाङ, बर्मा चौधरी लगायत अन्य ब्यक्तीहरुले सहयोग गरेका थिए ।संकलन गरिएको राहत सचिव मिलन मगर र बिजय लामाको नेतृत्वमा वितरण गरिएको थियो ।

यसैविच नेपालमा पटक पटक लकडाउन थपिदै आएको हुनाले सहयोग कोष स्थापना गरि राहत वितरण गरेको र यो राहत जिल्ला बासीलाई मात्र नभई देशमा समस्यामा परेकालाई समेत सहयोग गर्ने नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितीका अध्यक्ष बाल सोराली मगरले बताउनुभयो ।