पर्सामा २ वर्षे शिशु सहित १७ जनामा संक्रमण,संक्रमीतको संख्या ९९ पुग्यो

काठमाडौं,वैशाख,२४-नेपालमा बुधबार थप नयाॅं १७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ।  

फाईल : तस्विर

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्।

संक्रमीत व्यक्ती सबै पर्सा जिल्लाका रहेका छन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।