प्रजातन्त्र दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं, फागुन ७ – प्रजातन्त्र दिवसकै अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका नेताले शुभकामना सन्देश दिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देशमा प्रजातन्त्र दिवस प्राप्त उपलब्धीको रक्षाका लागि सार्थक बनोस् भन्ने कामना गर्नुभयो ।

यसैविच

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संविधानप्रति देशका सबै समुदायको स्वीकार्यता फराकिलो बनाउने हेतुले सरकारले ल्याएको संविधान संशोधन विधेयकमा सबैको सहमति जुटाउने प्रयत्न सघन रुपमा अगाडि बढिरहेको बताउनु भएको छ ।

प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र नागरिकको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भन्ने कामनासमेत गर्नु भएको छ । ईमेजखबरबाट