पाकिस्तानमा प्रतिआतंकवाद कारवाहीमा एकसय विद्रोही मारिए

एजेन्सी, फागुन ७ –पाकिस्तानले अतिवादी समूहमा आवद्ध एक सयभन्दा बढीलाई कार्वाहीका क्रममा मारिएको गरेको दावी गरेको छ ।सशस्त्र गतिविधिमा संलग्नविरुद्धको अभियानमा एक सय भन्दा धेरै व्यक्ति मारिएको दावी पाकिस्तानी अधिकारीहरुले गरेका हुन् ।

सिन्ध प्रान्तमा रहेको सुफी सन्त लाल शाहबाज कलन्दरको दरगाह अर्थात पवित्र धार्मिकस्थलमा आक्रमण गरी दर्जनौं व्यक्तिको हत्या गरेपछि कारवाहीमा उत्रिएका सुरक्षाकर्मीले उनीहरुलाई निशानामा पारेका हुन् ।दरगाहमा विहीवार गराइएको आत्मघाती आक्रमणमा ८० जना मारिएका थिए ।

त्यसपछि पाकिस्तानी सेनाले सिन्ध र पञ्जाब प्रान्तसहित देशभर कारवाही अभियान थालेको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले बतानुभयो ।अभियानको क्रममा धेरै पक्राउ परेका छन् । कारवाही अझै कायमै रहेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानमा पछिल्लो समय गराइएका आत्मघाती आक्रमणमा थुप्रैं मारिएका छन् । ईमेजखबरबाट