राप्रपाको एकता महाधिवेशनमा आज विधान संशोधन प्रस्ताव पेश हुने

काठमाडौं, फागुन ७ – राप्रपाको एकता महाधिवेशनमा शनिबार विधान संशोधन प्रस्ताव पेश हुँदैछ । भृकुटीमण्डमा हुने बन्द सत्रमा नेता बुद्धिमान तामाङ संयोजकत्वको समितिले तयार पारेको विधान संशोधनको प्रस्ताव प्रस्तुत र प्रस्तावमाथि छलफल सुरु हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

विधान संशोधन प्रस्तावमा ६५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने, पार्टी अध्यक्षसहित ६५ प्रतिशत केन्द्रिय सदस्य चुनावबाट छानिने र बाँकीलाई अध्यक्षले मनोनयन गर्ने, र २ जना प्रवक्ता तोक्ने लगायत प्रस्ताव गरिएको छ ।

पहिलो सत्रमा विधान संशोधनबारे छलफल भएपछि अध्यक्ष थापाले पेश गरेको राजनीतिक र नेता प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदनमाथि छलफल सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उज्यालोबाट