मन्त्रिपरिषद बैठक जारी, संविधान संशोधन प्रस्ताव ल्याउँदै

काठमाडौं,जेठ,९-सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले संविधान संशोधनको लागि प्रस्ताव ल्याउने बुझिएको छ ।

सरकारले यही जेठ ७ गते बुधबार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ।

 

नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्र रहेको नेपाली नक्सा पनि परिवर्तन गर्नुपर्ने भएकोले संविधान संशोधन गरिने भएको हो । 

संविधानको अनुसूचीमा रहेको सोही निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको हो।