कोहलपुरमा बालबालिका र बाल साहित्य चर्चा परिचर्चा कार्यक्रम

डम्मर थापा मगर/

बाँके, कार्त्तीक,२५-

कोहलपुरमा आज नेपाली बालबालिका र बाल साहित्य चर्चा परिचर्चा कार्यक्रम गरीएको छ । पुर्णिमा साहित्य प्रतिष्ठानले आयोजनामा गरेको कार्यक्रममा साहित्यकारहरु प्रमोद प्रधान, अनन्त वाग्ले, यशु श्रेष्ठ, सजनी नौबागे, हरि तिमील्सेना लगायतले बाल सहित्यको हालको अवस्था र महत्वका वारेमा चर्चा गर्नुभएको थियो ।

ज्ञानोदय पुस्तकालयमा आयोजित कार्यक्रममा कोहलपुर क्षेत्रमा रहेका स्रष्टा, बालबालीका शिक्षक लगायत सय जना बढिको सहभागिता रहेको पुर्णीमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी दिनुभयो ।