बाम एकता कांग्रेसका लागी अनिष्ठ हुने : एमाले उपाध्यक्ष रावल

पवन मुडभरी/

बौनिया,कार्तिक,१५-
नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बाम एकता नेपाली जनताका लागी नभई कांग्रेस पार्टिका लागी अनिष्ठ हुने बताएका छन । प्रेस चौतारी नेपाल कैलाली द्धारा मंगलबार कैलालीको बर्दगोरीयामा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष रावलले कांग्रेसका नेताहरु बाम एकता बाट अत्तालिएर अनिष्ठ सब्दको प्रयोग गर्न थालेको बताए ।

उपाध्यक्ष रावलले बाम एकता गठबन्धन लागी मात्र नभई राष्ट्रको आर्थिक सम्बृद्धि, देश र राष्ट्रलाई बलीयो बनाउन र देशलाई स्थायित्व दिनकालागी भएको बताएका छन्

उनले सुदुपश्चिमको विकासको लागी आफु कुनै पनी हालतमा पछि नरहेको बताए । आसन्न निर्वाचनमा महिला सहभागिता न्युन रहेको छ नी भनन्े पत्रकारको जिज्ञासामा रावलले एमालेले नै राष्ट्रको गरीमामय पद राष्ट्रपतीमा महिलालाई दिईएको स्मरण गर्दै महिला सहभागिता उल्लेख्य रहेको दाबी गर्नुभयो ।

यस्तै एक अर्को प्रसंगमा देशले अब आर्थीक बिकाशमा गती लीने, औधोगीकरण गरी युवा स्वरोजगारमा जोड दीइने बताय । साथै उपाध्यक्ष रावलले कैलाली र कञ्चनपुरमा कृषीमा आधुनिकप्रविधिको विकास गरी आत्मनिर्भर बनाउने बताउनुभएको छ ।