फोरम नेपाल र राजपाबीच प्रदेश–२ मा सिट बाँडफाँट

प्रदेशसभा मा ६४ मध्ये ३३ सिट फोरम र ३१ सिट राजपालाई

काठमाडौं, कात्तिक १४-

तराईलाई आधार बनाएर राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मंगलबार प्रदेश नम्बर–२ को प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । प्रदेश नम्बर–२ को प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरम नेपालले लिएको छ भने १५ सिट राजपालाई दिइएको छ ।

यसैगरी, प्रदेशसभातर्फ ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने ३१ सिट राजपाले पाएको छ । नेपाली कांग्रेससँग तालमेल गर्ने भनिएपनि २ नम्बर प्रदेश आफ्नो वर्चस्व भएको भन्दै दुवै पक्षले छाड्न नमानेपछि दुई दलकाबीचमा सिट बाँडफाँट गरिएको हो । 

जसअनुसार प्रतिनिधिसभातर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर–१, २ र ३ फोरम, ४ राजपा, बाराको १ र ४ राजपा तथा २ र ३ फोरमले लिएको छ ।रौतहटको १, २ र ४ राजपा, ३ फोरम, सर्लाहीको १, २ र ४ राजपा, ३ फोरमलाई भागबन्डा गरिएको छ । 

धनुषाको १, २ र ४ राजपा, ३ फोरम, सिरहाको १, २, ४ फोरम र ३ राजपालाई छुट्टयाइएको छ । सप्तरीको १ र २ फोरम, ३ र ४ राजपा, महोत्तरीको १ र ४ फोरम तथा २ र ३ राजपाको भाग लगाइएको छ ।

यो विस्तृत् सूची पढ्नुहोस् ।

१.संघीय समाजवादी फोरम, नेपालको तर्फबाट प्रतिनिधिसभा २.राष्ट्रिय जनता पार्टी, नेपालको तर्फबाट प्रतिनिधिसभा
१. पर्सा निर्वाचन क्षेत्र नं. १, २ र ३ १. पर्सा निर्वाचन क्षेत्र नं. ४
२. बारा निर्वाचन क्षेत्र नं. २ र ३ २. बारा निर्वाचन क्षेत्र नं. १ र ४
३. रौतहटनिर्वाचन क्षेत्र नं. २ ३. रौतहट निर्वाचन क्षेत्र नं. १, ३ र ४
४. सर्लाही क्षेत्र नं. ३ ४. सर्लाहीनिर्वाचन क्षेत्र नं. १, २ र ४
५. महोत्तरी निर्वाचन क्षेत्र नं. १ र ४ ५. महोत्तरी निर्वाचन क्षेत्र नं. २ र ३
६. धनुषानिर्वाचन क्षेत्र नं. १, २ र ४ ६. धनुषानिर्वाचन क्षेत्र नं. ३
७. सिरहानिर्वाचन क्षेत्र नं. १, २ र ३ ७. सिरहा निर्वाचन क्षेत्र नं. ४
८. सप्तरी निर्वाचन क्षेत्र १ र २ ८. सप्तरी निर्वाचन क्षेत्र नं. ३ र ४

२. संघीय समाजवादी फोरम, नेपालको तर्फबाट प्रदेशसभा २. राष्ट्रिय जनता पार्टी, नेपालको तर्फबाट प्रदेशसभा
१. पर्सा नि.क्षे.नं. १(१),१(२), २(१), ३(१), ३(२) र ४(२) १. पर्सा नि.क्षे.नं. २(२) र ४(१)
२. बारा नि.क्षे.नं. १(१), २(१), २(२), ३(१) र ३(२) २. बारा नि.क्षे.नं. १(२), ४(१) र ४(२)
३. रौतहट नि.क्षे.नं. १(२), २(२) र ३(२) ३. रौतहट नि.क्षे.नं. १(१), २(१), ३(१), ४(१) र ४(२)
४. सर्लाहीनि.क्षे.नं. २(२) र ३(२) ४. सर्लाही नि.क्षे.नं. १(१), १(२), २(१), ३(१), ४(१) र ४(२)
५. महोत्तरी नि.क्षे.नं. १(२), ४(१) र ४(२) ५. महोत्तरी नि.क्षे.नं. १(१), २(१), २(२), ३(१) र ३(२)
६. धनुषा नि.क्षे.नं. १(१), २(१), २(२), ४(१) र ४(२) ६. धनुषा नि.क्षे.नं. १(२), ३(१) र ३(२)
७. सिरहानि.क्षे.नं. १(१), १(२), २(१), २(२), ३(१) र ३(२) ७. सिरहानि.क्षे.नं. ४(१) र ४(२)
८. सप्तरी नि.क्षे.नं. २(१), ४(१) र ४(२) ८. सप्तरी नि.क्षे.नं. १(१), १(२), २(२), ३(१) र ३(२)