कोइराला नेपालको शान्तिप्रक्रियाका नायक हुन्, उनले देखाएको बाटोमा हिँड्नुपर्छ : सभामुख महरा

काठमाण्डौं,चैत्र,७-

सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनु भएको छ ।गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको स्मरण गर्नुभयो ।

१२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।सेना समायोजनदेखि हतियार ब्यवस्थापनसम्म चुनौति भए पनि उहाँले सहज रुपमा काम गरेको बताउनुभयो ।सभामुख महराले गिरिजाप्रसाद कोइराला सबै राजनीतिक दललाई साथ लिएर अगाडि बढ्न सक्ने नेताको रुपमा आफूले पाएको सभामुख महराले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा र भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।कोइराला नेपालको मात्र नभई दक्षिण एसियाकै नेता भएको बताउनु भएको थियो । जिपी कोइराला मेमोरियल सामुदायिक कलेजले गरेको कार्यक्रममा सभामुख महराले कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गर्नु भएको थियो ।