सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना : १७ जनाको मृत्यु, ५४ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक,कात्तिक,१७-

तस्विर साभार : सामाजीक संजाल फेशबुक मार्फत

सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको एक यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको   छ।दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो।

डीएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार मृतकमध्ये ९ महिला, पाँच बालक, दुई बालिका र एक पुरुष हुन् ।डीएसपी काफ्लेले तीमध्ये केहीको सनाखत भइसकेको जनाएका छन् ।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको स्थानीय प्रशासनले जनाएको छ। मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५१ वर्षीया रक्तकुमारी रावत छन् ।त्यस्तै,धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् ।

दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये बसका चालक धनबहादुर तामाङ पनि छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।केही घाइते ‘डिस्चार्ज’समेत भइसकेको डीएसपी काफ्लेले बताउनु भयो ।

बस सडकबाट सुनकोसी नदीको बीचमा खसेको थियो । बस खसेलगत्तै केही यात्रीलाई नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका थिए ।

बस नदीबाट किनारमा निकालिएको छ । रात परेपछि उद्धारकार्यमा समस्या देखिएको छ ।दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

३४ यात्री रहने बसमा सवार ६७ जनाको गणना भएपनि कति यात्री सवार थिए भन्ने अझै खुल्न सकेको छैन ।क्षमताभन्दा बढी यात्री र तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका ५४ जनाको नामावलीः

ghaite1.jpg

ghaite2.jpg