नेपालमा ४८ जना कोरोना संक्रमित थपिए

काठमाडौं,फागुन २८-नेपालमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५१२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनाको नतिजा पोजेटिभ आएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।गत २४ घण्टामा ६१ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ११७ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ रहेको छ ।देशभर ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।