विश्वव्यापी कोरोना महामारी छ : कसलाई सुनाउ गुनासो-भुवन भट्टराई

पीडा सुन्दिने पनि पिडामा छन् !

काठमाण्डौं,असार,३०-

विश्वव्यापी रुपमा फैलिररेको कोरोना भाईरसका कारण पाॅंच लाख भन्दा बढी व्यक्तीले ज्यान गुमाईसकेका छन्,भने एक करोड भन्दा बढी व्यक्तीमा कोरना भाईरसको संक्रमण देखा परि सकेको छ । कोरोना भाईरसले विश्वभरीका मानीसलाई समस्यामा त पारिनै रहेको छ । यो भाईरसले गर्दा धेरै देशका ठुला ठुला कम्पनीहरु बन्द भएका छन् । धेरै मानीसहरु बेरोजगारी हुन पुगेका छन् । कतिपय मानीस भोकै रहेका छन्,भने विश्वभरीका मानिसलाई ऋणको भारीको बोझ भैईरहेको बेला कोरोना भाईरसका कारण नेपाली जनतामा पनि पर्न गएको यस्ता समस्या विशेष गरि युवा वर्गहरुको समस्यालाई उजागर गर्न अहिलेको समय सामयिक विषयमा केन्द्रित रहि भुवन भट्टराईले कोरोना भाईरस सम्बन्धी लेख्नु भएको लेख हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौ । 

फाईल तस्विरमा : भुवन भट्टराई

रेक मानिसहरु आज दु:ख गरिरहेका हुन्छन कि भोलि सुख हुन्छ।” तर उनिहरुले भोलि फेरि त्यही हिजोको जस्तै मेहनत गर्न सुरु गर्छन । उनिहरुले हिजो मैले आजको लागि दुख गरेको थिए आज त मैले सुख पाउनु पर्ने हो भनेर आराम गर्न पाउदैनन । तर त्यो भोलि कहिल्यै आउदैन । मानिसलाई दुखले पछ्याउन कहिल्यै छोड्दैन ।

तर कतिपय मानिसको सच्चा मेहेनत वा भाग्य दिनदिनै परिस्थिति राम्रो हुँदै गएको देखिन्छ।र कतिको परिस्थिति एकदमै सुधारिए पनि कुनबेला पुन आफ्नै बितेको समय मा पुग्नु पर्छ पत्तै हुदैन । आज यो विश्वको विषम परिस्थितिले त्यस्तै कति परिवारलाई यस्तो अवस्था सहन गर्न बाध्य बनाएको छ जसमध्य एक एक परिवारको कथा ।

एक गरिब बुबाले दुख कष्ट सहेर आफ्नो छोरा लाई राम्रो शिक्षा दिलाए । गाउको आधारभुत शिक्षा प्रयाप्त नभएर उच्च शिक्षाको लागि छोरा राजधानी प्रवेश गर्‍यो । राजधानीमा उच्च शिक्षा हासी गरे संगै उसले बुझ्यो गाउको अभाव अनि राजधानीको अवसर ।उसले राजधानी मै केही गर्छु र आफ्नो अनि परिवारको जिवनस्थर मा कहि परिवर्तन ल्याउने ठूलो सपना देख्न थाल्यो । केटो ईमान्दार र मेहेनती पनि थियो बुवाले जाहे जेथा सबै बेचेर केही गर भनेर पठाए तर त्यतिले प्रयाप्त हुने त कुरै थिएन ।

फेरि बैक धाउन थाल्यो उसको ईमान्दारिता र योजना लाई बैकले पनि पत्यायो।राजधानीमा एउटा ठूलो घरलाई भाडामा लिएर ठुलो लगानिमा राम्रो व्यवस्थापनका साथ व्यवसाय सुरु गर्‍यो कर्मचारी राख्यो राम्रो सेवा सुबिधाका साथ । उसको व्यवसाय राम्रो चल्दै थियो परिस्थिति पहिलेको भन्दा सुधार हुँदै गएको थियो । बैकलाई किस्ता तिर्न अनि कर्मचारी लाई तलब खुवाउन पनि सहज बन्दै गएको थियो ।

उसको प्रगती एक उदाहरण बन्ने राम्रो सम्भावना बन्दै गएको थियो तर मानिसको प्रगति जति बढ्दै जान्छ उतिनै डाहा गर्ने बिगार्न भत्काउन खोज्ने पनि बढ्दै जान्छन झन नेपालको सन्दर्भमा भनु भने अझै बढी तर पनि उसको ईमान्दारिता र मेहनतको अगाडि कसैको केही लाग्न सकेको थिएन ।

तर डाहा गर्‍यो त समयले दिन यस्तो आयोकी विश्व नै उथलपुथल हुने गरि एउटा भयानक विश्व युद्द चर्कियो त्यो विश्व युद्द कुनै राष्ट्र न कुनै मानव मानव बाट सुरु भएको थियो । केही त्यस्ता मानिस जो आफुलाई यो सृष्टिकर्ता भन्दा पनि ठूलो सम्झिने उनिहरुको अमानवीय पनबाट सुरु भएको युद्दले बिस्तारै बिस्तारै गरि संसारनै अस्थब्यस्थ बनाउन थाल्यो ।

हाल सम्म संसारभर ५,७६,४३२ जना यो युद्दको सिकार भैसकेक छन ।एक देशबाट अर्को देश अर्को बाट अर्को गर्दै संसार भर फैलिन थाल्यो ।जसको असर त्यो गरिब घरको ईमान्दार र मेहनती छोरा सम्म पनि पुग्यो । महामारी बिस्तारै फैलिदै गए संगै उस्को व्यवसायमा ठूलो हानी हुँदै गयो।परिस्थिति यस्तो बन्यो जहाँ मानिसबाट मानिस डराउनु पर्ने ।

एक बन्दकोठामा एक कैदी जस्तै जीवन बिताउनु पर्ने भयो । अब समस्या हुन थाल्यो त्यो बैकको ऋण अलिकती भएको सम्पत्ति पनि बेचेर रित्तिएको घर अनि बुवा आमा । परिस्थिति आजभन्दा भोलि राम्रो होला भनेर प्रतीक्षा गर्दा गर्दै चार महिना बित्यो तर परिस्थिति सुधारहुने छाट्काट भने देखिदैन ।

व्यबसाय ठप्प भएको यतिका समय बितिसक्यो आम्दानिको स्रोत अन्य केही छैन भएको सबै रित्ती सक्यो । यस्तो अवस्था आयो समस्या माथी समस्या थुपृदै थिए बैकले ऋण तिर्ने आदेश दिन थाल्यो घरबेटी ले घरभाडको माग गर्न थाल्यो घरमा चुलो नबल्ने अवस्था हुन लागेको बेला यो सबै समस्या झेल्नु पर्ने भयो ।

सरकारले लागू गर्‍यो यो कठिन परिस्थितिमा बैकको किस्ता र घरभाडा तिर्न नपर्ने भनेर तर यो कुरा लागू हुन भने सकेन किनकी सरकार आफै भ्रष्टाचार गर्नमा व्यस्त भैदियो कि जनता कुन समस्या झेलिरहेका छन,पत्तो पाउन सकेन ।आखिर बैक किस्ता र घरभाडा तिर्नै पर्ने भो उता कर्मचारी पनि तलबको माग गरिरहेका छन जुन तलबको भरमा उनिहरुको चुलो बल्ने गरेको थियो ।

अब के नै बाकी रह्यो एक गरिब परिवारबाट आफ्नो मेहनत र ईमान्दारिताले आकाश चुम्दै गरेको व्यक्ती आज आफ्नै पुरानै स्थान भन्दा पनि तल पुगिसक्यो । अब यसरीनै सबैकुराको बोझ कहिले सम्म सहदै जानू पर्ने हो । अब अवस्था यस्तै रहने बैकले किस्ता छुट नगर्ने घरबेटीले घरभाडा छुट नगर्ने अझ सरकारलाई कर पनि तिर्नु पर्ने अवस्था भएको उसको अन्तिम विकल्प के रहन्छ ?

यसको जवाफ उस्ले कहिल्यै पाउदैन ? के यो परिस्थिति मा सरकारले केही पनि सहयोग गर्न सक्दैन ? के सरकार भ्रष्टाचार गर्नको लागि मात्र हो ? के कर नलिदा हुदैन ? यो अवस्था त्यो एक छोराको मात्र छैन त्यस्ता छोरा कयौ छन संसारमा उनिहरुले बाध्यताबस यो अवस्था भोगिरहेका छन । र सबै संग बिकल्प एउटा मात्र छ कि प्रभु रक्षा गर !