थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं,असार,३०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा एक सय १६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा ३४ कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनु भयो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव पाँच तीन प्रतिशत हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।हाल २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ६ सय ९५ जना आइसोलेसनमा रहेका छन् ।अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ । हाल भोजपुर, मनाङ्ग, मुस्ताङ्ग र हुम्ला गरी चार जिल्ला कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणको जनजीवनलाई ध्यानमा राखेर मात्र सार्वजनिक यातायात चल्न स्वीकृति दिएको भन्दै त्यसको मापदण्ड पूरा गरेर अत्यावश्यक परेका खण्डमा मात्र सार्वजनिक यातायातको प्रयोग गर्न आग्रह गरेको छ ।कोरोनासंग मिल्दो कुनै लक्षण भएमा सार्वजनिक यातायात प्रयोग नगर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।