मिस टिन कलेज र कलेज हेन्डसम को ट्यालेन्ट सो सम्पन्न

काठमाडौ,भदौ,२३-

सिजन मिडियाद्धारा आयोजना गरेको छैटौं मिस टिन कलेज र दशौ वर्षको उपलक्ष्यमा पहिलो पटक आयोजना गरिएको कलेज हेन्डसम कार्यक्रमको आन्तरीक प्रतिभा आज एक कार्यक्रम विच समपर्र्न भएको छ ।

उक्त कार्यक्रममा २० जना मिस टिन कलेजका प्रतियोगी र १४ जना कलेज हेन्डसममा सहभागी प्रतियोगीहरुले आ–आफ्नो प्रतिभाहरु विभिन्न नेपाली गीतहरुमा नृत्य मार्फत प्रस्तुत गरेका थिए भने केही प्रतियोगीहरुलाले नेपाली तथा अंग्रेजी गित गाएर प्रतिभा देखाएका थिए भने कलेज हेन्डसमका एक प्रतियोगीले नेपाली संस्कृति झल्कने लाखे नाच देखाएर मनोरन्जन प्रदान गराएका थिए ।

साथै केही प्रतियोगीहरुले वाध्यवादन कला प्रस्तुत गरेका थिए ।उक्त कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजेन्द्र राई, सिभिल सेभीङ फाइनान्सका सिनियर एकाउन्टेन तथा समाजसेवी एलीना तुलाधर, जुम्वा प्रशिक्षक सोनाम केसी , टिभिएस कंपनीका इभेन्ट भ्यानेजर सुदीक्षा अधिकारी र सिजन मिडियाका इभेन्ट डाइरेक्टर रेजीना तुलाधर रहनु भएको थियो ।

यस कार्यक्रमको फाइनल यहि भाद्र २८ विहिवार राष्ट्रिय नाचघर जमलमा सम्पर्न हुदै छ । उक्त प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथै दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन, अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति, निशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

(फोटो फिचर )