घोराहीको तुलसीपुर चोकमा घोराही उपमहानगरको फ्रि वाईफाई

दाङ,असोज,१९-
उपमहानगरपालिकाले घोराहीको तुलसीपुर चोकमा वाईफाई सेवा प्रारम्भ गरेको छ । उपमहानगरले निति तथा कार्यक्रममा समाबेश गरेको फ्रि वाईफाई सेवालाई बुधबार देखी कार्वान्वयनमा ल्याएको हो ।
तुलसीपुर चोकमा जडान गरिएको फ्रि वाईफाई सेवा सबैले लिन सक्ने छन् । उच्च पावर रहेको वाईफाईले २ सय मिटर आसपास सम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा वाईफाई जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिएका छन ।
ईन्टरनेट सेवा प्रदान गर्दै आएको वर्डलिंक सँगको समन्वय गरि वाईफाई जडान गरिएको हो ।

उपमहानगरले घोराहीमा मुख्य चोक तथा बसपार्कमा वाईफाई जोड्ने कार्यक्रमलाई समाबेश गरे अनुसार त्यसको कार्यान्वयन थालिएको मेयर नरुलाल चौधरीले जानकारी दिएका छन ।