काठमाडौं,पुस,७-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराही स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएको छ ।
नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली समुहले पार्टी कार्यालयमा ताला लगाएको बताइएको छ ।
आन्तरिक विवादमा फसेको नेकपा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगैं द्वन्द्वको चरम उत्कर्षमा पुगेको छ ।
विवादकै कारण लगभग पार्टी फुटको संघारमै पु्गिसकेको छ । छुट्टा छुट्टै बैठक बोलाएर विभिन्न छलफलमा रहेका ओली र दाहाल-नेपाल समुहले एकले अर्कालाई कारवाही गर्ने बताएका छन् ।