नेकपाको बहुमत केन्द्रीय सदस्यले ओलीलाई अध्यक्षबाट हटायो, माधव नेपाल नयाँ अध्यक्ष

फाईल तस्विर !!

काठमाडौं,पुस,७-नेकपाको प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर पार्टी अध्यक्षबाट हटाएको छ।सो बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष चयन गरेको छ।

सो पक्षको बबरमहलमा जारी केन्द्रीय समिति बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित थिए।

नेकपाको ४४६ सदस्यीय केन्द्रीय समितिमा हाल ४४१ सदस्य कायम छन्।सो बैठकले ओलीलाई पार्टी, संगठन, संविधान र देशको हित विपरित कार्य गरेको आरोपमा पदबाट हटाएको हो।वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेको हो।