आजको राशिफल ।। साउन ६ गते शुक्रवार ।।

काठमाडौं,साउन,६-आज विक्रम संवत २०७९ साल साउन महिनाको ६ गते बिहिवार, (जुलाई २१ तारिख) कृष्ण नवमी तिथि !!

आज साउन ६ गते शुक्रबारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ।छोटो दुरीको लाभदायक यात्रा हुनेछ।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन सानो भूलका कारण गरेको काममा बाधा आउला।गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक कारोबारमा मन्दी आउन पनि सक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।जोशजाँगर र हिम्मत बढ्नेछ।व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन प्रेममा सफलता प्राप्त हुनेछ।शुभ समाचार सुन्न पाइएला।नसोचेको ठाउँबाट धनार्जन हुनसक्छ।विशिष्ट व्यक्तिको सहयोग पनि पाइनेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ।मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन हेलचेक्र्याइँले गर्दा काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला।आलस्य र थकानको अनुभूति हुनेछ।झुटा आरोप पनि लाग्न सक्छ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ।आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव पनि मिल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ। महिला वर्गबाट विशेष सहयोग पनि मिल्नेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन भाग्यले विभिन्न अवसर जुराउनेछ।रोकिएका काम पुनः सुरु हुन सक्छन्।घरमा अतिथिको आगमन हुनेछ।सङ्गीतमा रुचि पनि बढ्नेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन समय मध्यम खालको छ। अप्रिय समाचारसमेत सुन्नुपर्ने देखिन्छ।टाढाको यात्रामा नगरेकै जाती हुनेछ, तर आर्थिक लाभ भने मिल्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ।सहयोगीहरूले काममा साथ दिनेछन्। वैदेशिक काम अघि बढ्ने समय छ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन धर्म, तथा समाजसेवामा मन लाग्नेछ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक लगानीको अवसर जुट्ने छ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल