पानीले खजुरा महोत्सवमा लाखौँ क्षति

नेपालगन्ज, फाल्गुन,२-
माघ २४ गते देखि बाँकेको खजुरामा सन्चालित महोत्सवको आठौँ दिन आज परेको वर्षा र हावाहुरिले क्षति पुर्याएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजना र आधुनिक युवा सञ्जाल वन वे फिल्मस् प्रालिको सहकार्यमा संचालित ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ को आठौँ दिन साँस्कृतिक कार्यक्रम सन्चालन हुँदै गर्दा हावाहुरी सङ्गै वर्षात भएको थियो।

आयोजकका अनुसार वर्षात र हावाहुरिले लाखौँको क्षति गरेको छ। हावाहुरिले महोत्सवमा रहेका स्टलहरु उडाउँनुका साथै सामानहरु यत्रतत्र छरिदिएको छ। करिव १ घण्टा सम्म परेको पानीले महोत्सव स्थल पुरै हिलाम्य पारेको आयोजकको भनाई रहेको छ।

महोत्सवमा प्रस्तुती दिनको लागि आज चर्चित गायिका तथा बेलि डान्सर प्रीती आले र चर्चित लोकदोहोरी गायक जय देवकोटा उपस्तिथि रहेको थियो। मन्चमा गायिका प्रीती आलेले गाउँदै गर्दा एक्कासी पानी र हावाहुरी आएको थियो। पानी पर्न नरोकिए पछि आयोजकले बिहिबारको सांस्कृतिक कार्यक्रम स्थगित गर्न बाध्य भएको थियो।

पानी पर्नासाथ दर्शकहरु भागाभाग गरि महोत्सव स्थलबाट बाहिरिएका थिए। शुक्रबार बिहान सम्म पानी पर्न रोकिए पुन महोत्सव सन्चालन गर्ने अयोजकले जनाएको छ।
माघ २४ गते देखि सन्चालनमा आएको महोत्सव फाल्गुन ५ गते सम्म सन्चालन गर्ने आयोजकको योजना रहेको छ।