हिजो संसार जित्ने रायमाझी आज केशीका कारण पछुताउन बाध्य

सिर्जना बर्देवा/
ओखलढुंगा पौष, ४-

हिजो संसार जित्ने चर्चित मोडल ओ.बी. रायमाझी आज पछुताउन बाध्य बनेका छन् । आफ्नो प्रेमिका सारिका केशीले धोका दिए पछि केशी कै कारण पछुताउन बाध्य बनेका हुन् । पछिल्लो समय निक्कै मार्मिक लोकदोहोरी गित “हिजो” सार्बजनिक भएको छ ।

एक पछि अर्को गर्दै म्युजिक भिडियो बजारमा आउने क्रम जारी रहदाँ यो म्युजिक भिडियो पनि निक्कै उत्कृष्ट बनेको छ । जनक बिसीको लय सिर्जना तथा बिमल नेगिको शव्द सिर्जना रहेको यस गितमा चर्चित गायीका बिष्णु माझी र सर्जक बिसीको स्वर रहेको छ ।

बिसी र नेगीको प्रस्तुती रहेको यस म्युजिक भिडियोमा चर्चित मोडल रायमाझी र केशीको उत्कृष्ट अभिनय रहेको छ । चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन् ।

भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् । यस म्युजिक भिडियोलाई चर्चित म्युजिक कम्पनी मेशना डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

( यो भिडीयो पनी अवश्य हेर्नुहोला ।)