‘ए’ डिभिजन लिग सुरु :आज मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्ने

उपाधि विजेताले ५० लाख र उपविजेताले ३५ लाख पाउने

काठमाडौं,मंसिर,२८-

सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट सुरु हुदैछ ।घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगमा घरेलु फुटबलका १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ ।लिग अवधिभर कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ ।

यस सिजन मात्र एक क्लब रेलिगेशनमा पर्नेछ ।लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ । बराबरी भए १५,१५ हजार हात पार्नेछ ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।हरेक खेलको म्यान अफ दि म्याचलाई केल्मी ५० हजार र सिजनको फेयर प्ले टिमले १ लाख पाउनेछ ।मनाङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।खेलपाटीबाट