कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु

काठमाडौं,बैशाख,३०-कोरोना संक्रमणका कारण बाँकेमा थप ९ जनाको मृत्यु भएको छ। 

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरि थप ९ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन्।

मृत्यु हुनेहरुमा नेपालगन्ज– १ बाँकेकी ४३ वर्षीय महिला, राजापुर–६ बर्दियाकी ५६ वर्षीय महिला, गुलरिया–८ बर्दियाकी ३२ वर्षीय महिला, तुलसिपुर–६ दाङका ४३ वर्षीया  पुरुष, बैजनाथ–६ बाँकेका ६४ वर्षीय पुरुष र तुलसिपुर–५ दाङकी ३५ वर्षीया महिला रहेकी छिन्। 

त्यस्तै डुडुवा–३ बाँकेकी ५० वर्षीया महिला, नरैनापुर–५ बाँकेका ४२ वर्षीय पुरुष र नेपालगन्ज–१२ बाँकेकी ७५ वर्षीया महिलाको निधन भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १६३ जना र बाँकेकै २१३ जनाले ज्यान गुमाइसकेका छन्।