डोटीमा जीप दुर्घट्ना ९ जनाको घट्नास्थलमै मृत्यु :७ जना घाइते

डोटी,साउन २१-
डोटीमा शुक्रबार राती यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ । डोटी सदरमुकाम दीपायलबाट चमरा चौतारा जादै गरेको जीप डोटीको बोगटान गाउपालिका वडा नम्बर ६ गगुडाको धार भन्ने स्थानमा दुर्घट्नाग्रस्त हुदा ९ जनाको घट्नास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार से १ ज ४९१ नम्बरको जीप सडकबाट झण्डै ५ सय मिटर तल खस्दा ९ जनाको ज्यान जानुका साथै अन्य ७ जना घाइते भएका छन ।

दुर्घट्नामा परी बोगटान गाउपालिका वडा नम्बर १ बस्ने ३५ वर्षका विष्णु बहादुर मगर, ५० वर्षिय बुढो घर्ती मगर, ४५ वर्षिय गोरख थापा, ४५ वर्षिया ललितादेवी पुनमगर, ४८ वर्षिय सशीराम बहादुर पुनमगर, ४० वर्षिय टेक बहादुर पुनमगर, ३० वर्षिय चन्द्र बहादुर घर्तीमगर, ५५ वर्षिय भिम घर्ती मगर र डोटीकै शिखर नगरपालिका वडा नम्बर १ बस्ने जीप चालक अन्दाजी २८ वर्षिय विष्णु नेगीको घट्नास्थलमै ज्यान गएको प्रंहरीले जनाएको छ ।

चालक बिष्णु नेगी शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् ।अन्य सबै बोगटान गाउपालिका वडा नम्बर १ निवासि हुँन ।गएराति झण्डै ११ बजेतिर भएको उक्त दुर्घट्नामा परी ज्यान गुमाउनेहरुको शव संकलन गर्ने कार्य र घाइतेहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि डोटीमा रहेको सुजंग अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । घट्नास्थलमा यतिखेर जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी चमरा चौतारा र स्थानियवासिन्दा उद्धारमा खटिएका छन । बर्खाको चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।