टोकियोमा मगर संघको माघे संक्रान्ती कार्यक्रममा हाउसफुल

हल प्रवेश गर्न नपाउने दर्शक संग आयोजक मगर संघले माग्यौ माफी

फाईल तस्विरमा : माघे संक्रान्ती कार्यक्रममा उपस्थित दर्शकले हल हाउसफुल भएको दृश्य।

जापान,माघ,४-टोकियोमा आज  माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

नेपाल मगर संघ जापान केन्द्रिय समितिको आयोजनामा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रममा उपस्थित भरिभराऊ दर्शकले हल हाउसफुल भएको थियो।

टोकियो स्थित नाकानो जिरो हलमा भएको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा एक हजार भन्दा बढी दर्शकको उपस्थित भएको र क्षमता भन्दा बढी दर्शक भएपछि केहि हल भित्र प्रवेश गर्न नपाई घर फर्किन परेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो हलमा दर्शक नअटाएपछि घर फर्किन परेकोमा आयोजक नेपाल मगर संघ जापान केन्द्रिय समिति क्षमा माग्दछौं।जुन तरिकाले रमाईलो गर्नको लागि धेरै ताढा ताढाबाट आउनु भयो, यी सबै कुरालाई मध्यनजर गर्दै आगामी वर्षमा हुने कार्यक्रममा त्यस्तो हुन नदिन ठुलो हलको व्यवस्था गर्ने बताउनुभयो। 

यसैबिच : माघे संक्रान्ती विशेष कार्यक्रममा प्रमुख अतिथी जापान स्थित नेपाली कार्यवहाक राजदुत र विशिष्ट अतिथी ज्यूहरुले छोटो मन्तव्य राख्दै माघे संक्रान्तिको शुभकामना दिनु भएको नेपाल मगर संघ जापान केन्द्रिय समितिका महासचिव सागर थापाले जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल देखि आउनु भएका चर्चित लोक तथा दोहोरी गायक देविराम राना मगर जापानमा रहेका लोक तथा दोहोरी गायक चेतन घर्ती मगर, रचना राना मगर, पवित्रा मगर, युवराज मगर, परिचय व्याण्डको विजोड प्रस्तुती रहेको थियो।

यस्तै : नृत्य तर्फ भने कामना फगामी मगर र नेपाल मगर संघ जापानको साँस्कृतिक समुहको टिमले प्रस्तुती दिएका थिए।प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै मगर संघ जापानले माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम गरेको हो।मगर समुदायले माघे संक्रान्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।

आज टोकियोमा भएको माघे संक्रान्ती विशेष साँगितिक साँझ कार्यक्रमको औपचारिक संञ्चालन महासचिव सागर थापाले गर्नु भएको थियो,भने साँस्कृतिक कार्यक्रमको सञ्चालन द्धय दिपेन बलाल मगर र लक्ष्मी अर्गेजा मगरले गर्नु भएको थियो।कार्यक्रम बेलुकि ६ बजे देखी ९:३० बजे सम्म संञ्चालन भएको थियो।