नेपालगन्जको चर्चित फेसबुक पेज ‘नेपालगन्ज ग्यालेरी’ले भोलि पहिलो पटक होलि इभेन्ट गर्दै

नेपालगन्ज,चैत्र,०६-
नेपालगन्जको निकै चर्चित फेसबुक पेज’नेपालगन्ज ग्यालेरी’को आयोजनामा भोलि(बिहिबार) नेपालगन्जको बागेश्वरी हल रोड नजिक पहिलो पटक रुस्लन होलि उत्सव हुने भएको छ।

पछिल्लो समयमा सामाजिक कार्यमा निकै अग्रसर हुँदै आएको चर्चित यस फेसबुक पेजले छरिएर रहेका सम्पुर्ण नेपालगन्ज बासिलाई होलिमा भेटघाट अनि आपसी होलि बिशेष शुभकामना आदान प्रदान गर्ने साथै होलिको दिनमा बिशेष मनोरन्जन दिने उद्देश्यले होलि उत्सव गर्न लागेको नेपालगन्ज ग्यालेरीका प्रमुख तथा निर्देशक समिरमान श्रेष्ठले बताउनु भयो।

बिहान ९:५५ बजे देखि साँझ ५ बजे सम्म सन्चालन हुने होलि उत्सवमा आवाज द ब्याण्डको प्रत्यक्ष लाईभ प्रस्तुती रहनेछ। साथमा डिजे प्राचीको पनि लाईभ रहनुको साथै इभेन्टमा आउने सबै दर्शकलाई वाइफाई फ्री र टिकट शुल्क फ्री रहेको पनि ग्यालेरीका प्रमुख समिरमान श्रेष्ठले बताउनु भयो।