” पर्दैन म संग आफ्नै झोला छ “भन्ने नाराका साथ प्लाष्टिकको झोला निषेध कार्यक्रम नेपालगंजबाट शुरु

डम्मर थापा मगर,
नेपालगन्ज,साउन,२०-

नेसनल भोलिन्टियर कार्यक्रम अन्तर्गत आज बि.पि. चोकमा हिमालय क्लाइमेट इनिटेटिभका मेम्बरहरुले नृत्य प्रदर्सन गरेका छन । प्लाष्टिकको झोला निषेध गर्ने उदेश्य लिएर हिमालय क्लाईमेट इनिटेटिभको आयोजनामा उक्त कार्यक्रमको आयोजना भयको थियो ।
” पर्दैन म संग आफ्नै झोला छ “ भन्ने नाराका साथ हामी बन्द गर्छौ भन्ने संकल्प लियर ५० जना बाट सुरु भएको उक्त कार्यमा साथ दिनेहरुको संख्या पनि बढिरहेको छ । हिमालय क्लाईमेट इनिटेटिभ अन्तर्गत नेस्नल भोलिन्टियर कार्यक्रमले अहिले विभिन्न स्थनहरुमा नृत्य प्रदर्सन गरिहरेको छ । ९ महिनको अबधिमा विभिन्न ४ चरणमा प्लाष्टिकको झोलालाई निशेध गर्ने उदेश्य लियर पहिलो चरणमा विभिन्न स्थानहरुमा नृत्य प्रदर्सन गरि जनचेतना फैलाई रहेको छ ।

त्यसैगरि दोस्रो चरणमा विभिन्न स्थानहरुमा जनचेतना मुलक कार्यक्रम गरि जनचेतना फैलाउने , तेस्रो चरणमा स्कुल ,कलेज ,सरकारि संघ संस्थाहरुमा प्लाष्टिकको झोलामा निशेध लगाउने र चौथो चरणमा जमुनाहा नाका बाट प्लाष्टिकको झोला निर्यातमा रोक लगाउने उदेश्य बोकेर जनचेतना मुलक कार्यक्रम गरिरहेको छ ।

“हाम्री बैनी “कार्यक्रम संचालन गरेर बेरोजगार युवतीहरुलाई लक्षित गरि प्लास्टिकको झोलाको विकल्पमा जुट्को झोला निर्माण गर्न लगाई उक्त जुटको झोला खरिद गरि प्रयोगमा ल्याई प्लास्टिकको झोला निशेध गर्न प्रत्सोहान गर्ने उदेश्य बोकेर हिमालय क्लाईमेट इनिटेटिभले “हाम्री बैनी “ कार्यक्रम पनि संचालनमा ल्याउन लागेको छ । हिमालय क्लाईमेट इनिटेटिभले यस अघिपनि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।