बिदेशमा बेपत्ता हुनेको अवस्था भयानक

टेकराज भण्डारी,

अछाम माघ ८-मंगलसैन नगरपालिका वडा नम्बर ७ का गंगाराम ढुंगाना रोजगारीको शिलशिलामा २ बर्ष अघि भारत जानुभयो । भारतको पुना जान भनेर गएका उनी त्यहाँ नपुग्दै वीच बाटोबाटै बेपत्ता हुनुभयो । श्रीमती, ३ छोरी र १ छोरा रहेका उनको घरमा अहिले सन्नाटा छाएको छ । उनको खोजिका लागि घरपरिवारले सकेजति प्रयास गरेपनि त्यो अहिले सम्म पूरा हुन सकेको छैन । परिवार आशै आशमा बसेको छ । श्रीमति तुली ढुंगानाले भक्कानिँदै भनिन्, न आश मार्न सकेकी छु, न त कुनै पत्तो नै लागेको छ ।

भारतको पुनामा चौकीदारी काम गर्ने मंगलसैन नगरपालिका वडा नम्बर ७ का ३४ बर्षीया टेकबहादुर शाहीको गत कात्तिकमा पानी तान्ने मोटर चलाउने क्रममा माथिल्लो तलाबाट खसेर ज्यान गयो, श्रीमति २ छोरी र १ छोरा रहेको उनको परिवार अहिले निकै स्तब्ध छ । अछाममा यी र यस्तै घटना थुप्रै भएका छन् । भारतमा कति रोजगारीको लागि जाने गरेका छन्, कति बेपत्ता र मरेका छन्, यी कुनै पनि कुराका कुनै सरकारी निकायसंग कुनै तथ्यांक छैन ।एक बर्ष देखि अछामको साँफेबगर नगरपालिकामा सुरक्षित आप्रवासन सम्बन्धि काम गरिरहेको गैर सरकारी संस्था निड्स नेपालले संकलन गरेको तथ्यांक अनुसार ३१ जना बेपत्ता भएका छन् ।

सुरक्षित आप्रवासन तथा मानव बेच बिखन रोकथाम सम्बन्धी साँफेबगरमा भएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा अछाम जिल्लाबाट बेपत्ता हुने, ज्यान गुमाउने तथा लुटिनेको संख्या बढीरहे पनि सरोकारवालाले समस्या समाधानका लागि ठोस पहल नगरेको गुनासो गरेका छन् । सो कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा तिमिल्सैनाले अछाम जिल्लामा मानव बेच बिखनको बिषयमा कुनै कुरा बाहीरी रुपमा नआएकाले अगामि दिनमा बैदेशिक रोजगारमा जाँदा युवाले भोग्नु परेका समस्यालाई मध्य नजर गर्दै यसमा कमि ल्याउनका लागि आफु र आफनो कार्यालयको तर्फबाट पहल गर्ने बताएका थिए ।

साफेबगर नगरपालिकामा विगत १ बर्ष देखि निड्स नेपालले संकलन गरेको तथ्याक अनुसार ३१ जना बेपत्ता भएको तथ्याकले दुःखी भएको बताउदै आगामि दिनमा खोजी कार्यका लागि पहल गरिने बताउनु भयो । अछामका स्थानिय बिकास अधिकारी तोयानारायण सुवेदिले जति पनी समस्या छन सबैको समाधानका लागि सबैले हातेमालो गर्दै अघि बढनु पर्नेमा जोड दिएका छन् । अगामि दिनमा बेपत्ताको आवश्यकताका आधारमा आप्रवासिको क्षेत्रमा काम गर्ने संघ संस्थाले निश्चित उद्देश्य लिएर काम गरे उपलब्धी हासिल हुने बताएका थिए । कार्यक्रममा बोल्दै अछामका प्रहरी प्रमुख डिएसपि निरञ्जन दत्त भट्टले आफनो परिवारका सदस्य बाहीर जाँदा दुःख पायो भनेर कुनै मुद्दा दर्ता नभएको बताए ।

तर बेपत्ता भएका ब्यक्तिको खोजि कार्य अघि बढाउनु आफनो कार्यालयको जिम्मेवारी भएकाले आगामि दिनमा यसलाई अघि बढाउने बताउनु भयो । सबैलाई देशबाहीर जाँदा सुरक्षित आप्रवासन बनाउनका लागि प्रत्येक सार्वजनिक यातायातका साधनमा चेतना जगाउने खालका भिडियो प्रशारण गराउन लगाउने उनले बताए । सार्वजनिक यातायात समिती, ट्राफिक प्रहरी संग समन्वय गरि भोलिबाट नै यसलाई अघि बढाउने बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली काग्रेस अछामका सचिव भरत कुमाल र नेकपा एमाले जिल्ला कमिटी सदस्य बालगिरि कुवरले सुरक्षित आप्रवासन तथा बैदेशिक रोजगार सम्बन्धि सवालहरुमा वकालत गरि स्थानीय निकायबाट बजेट विनियोजनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कामका लागि भारत जाने नेपाली कमदारहरुको सुरक्षित, मर्यादित र व्यवस्थित रोजगारीका लागि वकालत जहिले पनि गरि रहने बताएका थिए । कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासघका सुदुरपश्चिम अध्यक्ष भबराज रेग्मीले निड्स नेपालको तथ्याक अनुसार अनुमानित ५० लाख भन्दा बढी जनसंख्यामा नेपाली कामदारहरु भारतमा काम गरिरहेका र तेस्रो मुलुकमा बैदेशिक रोजगारीमा ४९ लाख बैदेशिक रोजगारमा जाने गरेको तथ्याक प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आप्रवासी संञ्जाल अछामका अध्यक्ष मिठ्ठु सिंह भाट र सचिव लाल बहादुर रावतले बिदेशमा जाँदा नेपालीले भाग्नु परेको समस्याको बारेमा जानकारी गराएका थिए ।

आफना समस्या राज्यले समाधानका लागि पहल गर्नु पर्ने बताएका थिए । कार्यक्रममा सहभागि बेपत्ता परिवारका सदस्य तथा सहभागि सबैले बेपत्ता भएका ब्यक्तिका घर परिवारको समस्या समाधानका लागि सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिनु पर्ने, बेपत्ता भएका ब्यक्तिको तत्काल खोजी कार्यका लागि सरोकारवाला निकायले पहल गर्नु पर्ने माग गरेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रमको सजीकरण र