धर्म परीवर्तन विरुद महाअभीयान कार्यक्रम नेपालगंजमा सम्पन्न

मधुपौडेल
बाँके,माघ ८-सम्मान तथा छलफल कार्यक्रम हिन्दुत्व संरक्षण तथा धर्म परीवर्तन विरुद महाअभीयान नेपालगंजमा सम्पन्न भएको छ । बाँके,बर्दिया, सुर्खेतका विभीन्न पदाधीकारीहरुको सहभागीता रहेको उतm कार्यक्रमको संचालन हिन्दुजागारण नेपालका केन्द्रीय सचीव राघब उपाध्यायले गर्नु भएको थीयो भने प्रमुख अतिथिमा हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष पण्डित राम कृष्णा उपाध्याय रहनु भएको थियो । हिन्दुजागरण संघ नेपाल बाँकेको आयोजनामा भएको कार्यक्रममा स्वागत मन्तव्य विश्व हिन्दु युवा संघ बाँकेका सचीव घनश्याम प्रेमी,समाजसेवी तुलसीराम उपाध्याय लगायतले दिनु भएको थीयो ।

प्रमुख अतिथि उपाध्यायले धनगढीको चर्च काण्ड तथा टिकापुरको गौ हत्याको विरुद्धमा बन्द गरी सहयोग गर्नु हुने लाई सम्मान पत्र प्रदान गर्दै आफुहरुले धर्म परिवर्तनको कुरालाई केही गरे पनि सहन नसक्ने कुरा बताउनु भयो भने सम्मान पाउनुहरुमा दाङ का चन्द्र विक , हिन्दु जागरण नेपालका संयोज कयम भण्डारी , तथा बर्दियाका कलाथर गौली , तारा केसी , गणेश पोख्रेल ,डिल्ली राम शर्मा , राकेश बडवाल लगाएत हुनु हुन्थ्यो ।