नेपाल मगर संघ क्युसु जापानद्धारा कोरोना बाट बच्न जारी सन्देश

फुकुओका,जापान,बैशाख,१७-गत वर्ष सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर भैलिरहेको छ । 

कोरोना भाइरसको संक्रमणबाट बुधबार बिहान सम्म विश्वभर २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका छन्,भने संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ जना पुगेको छ।

यस कोरोना भाईरसबाट जापान पनी अछुतो रहेन यहाॅं अहिले सम्म  ४ सय २५ जनाको मृत्यु भईसकेको छ,भने संक्रमितको संख्या १४ हजार ५ सय ८६ जना पुगेको छ ।जापानमा पछिल्लो समय पढाईको शिलशिलामा विद्यार्थी भिषामा आउने नेपालीको संख्या उच्च रहेको छ।पछिल्लो तथ्यांक अनुसार यहाॅं ९० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको छ । 

जापानमा पनी दिनप्रतीदिन कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल मगर संघ क्यूशु जापानका अध्यक्ष अर्जुन पुन मगरले सबैलाई यस भाईरसबाट बच्न सचेत गराउनु भएको छ । उहाॅंले भन्नुभयो यस भाइरसबाट बच्न सबैले यो समयमा नियमित रुपमा आफ्नो स्वास्थ्यको ख्याल राख्न अत्यन्तै अपरिहार्य रहेको बताउनुभयो ।

उहाॅंले सबैलाई यो समयमा अनावश्यक काममा बाहिर ननीस्किन र  भेटघाटलाई कम गर्न अनुरोध गर्दै कोहि कसैलाई समस्या आईपरेमा आफु, र नेपाल मगर संघ क्यूसु जापान सधैं प्रतीबद्ध रहेको बताउनु भएको छ। 

यसै सन्दर्भमा नेपाल मगर संघ क्यूशु जापानद्धारा कोरोना भाईरसबाट कसरी बच्न सकिन्छ, त्यसबाट बच्न अपनाईने बिधी र उक्त संक्रमणबाट समस्या आईपरेमा आपतकालीन फोन सेवा सहित जनहितका लागि गरेको जारी सन्देश तल उल्लेखित गरिएको छ ।