
टोकियो,चैत्र,२६-नेपाल मगर संघ केन्द्रिय समिति जापानले भुम्या पर्व मनाउने भएको छ।
हरेक वर्ष जस्तै यस वर्ष पनि भुम्या पर्व संगै बाबिक्यू (BBQ) वनभोज कार्यक्रमगरि मनाउन लागेको नेपाल मगर संघ जापानका अध्यक्ष भिक्टर ठाडा मगरले जानकारी दिनुभयो।
उहाँका अनुसार भुम्या पर्वमा भूमिलाई देवताको रुपमा पूजा गर्ने गरीन्छ।भूमिको पूजाले प्राकृतिक विपत्तिबाट बचिने जनविश्वास रहेको हुनाले पुर्खौ देखी चलिआएको यस रितिरिवाजलाई प्रवासमा पनि मनाउन लागेको बताउनुभयो।
साथै भुम्या पर्वको अवसरमा बाबिक्यू कार्यक्रम पनि राखिएको हुनाले यस्ता कार्यक्रमले प्रवासमा रहेका एक अर्का नेपाली समुदायको बिचमा भाईचाराको सम्बन्ध प्रगाढ रहने र हाम्रो पुर्खो देखि चलिआएको रितिरिवाज नयाँ पुस्ताले पनि सिक्न पाउने र पुस्तान्तरण हुने भएकोले गर्दा पनि यो कार्यक्रम हरेक वर्ष जापानमा पनि गर्दै आईरहेको अध्यक्ष भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
यो भुम्या पर्व नेपाल लगायत विश्वभर छरिएर रहेका मगर समुदायले हरेक वर्ष असारको पहिलो साता मनाउने गर्दछन्। जहाँ मगर समुदायले पुर्ख्यौली पूजापाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन्।
यसैबिच : यस वर्ष नेपाल मगर संघ जापानले भने भुम्या पर्व संगै बाबिक्यू कार्यक्रम आउने जुन महिनाको ७ तारिख आईतबारको दिन टोकियो स्थित खासाई रिन्काई पार्कमा गर्न लागेको नेपाल मगर संघ जापानका महासचिव सागर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त दिन कार्यक्रममा टोकियो आसपासमा बस्दै आउनु भएका र जापानमा भएका सबै प्रवासी नेपालीलाई समय मिलाएर उपस्थित भैईदिन अनुरोध गर्नु भएको छ।
साथै कार्यक्रममा उपस्थित हुँदा सके सम्म संस्कृति झल्किने भेषभूषासहित आईदिईन अपिल गर्नु भएको छ।
कार्यक्रम हुने मिति र स्थान तल उल्लेख गरिएको छ।
कार्यक्रम : भुम्या पर्व तथा बाबिक्यू (BBQ)
मिति : जुन ७ तारिख आईतबारको दिन
समय : बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म
ठेगाना : खासाई रिन्काई पार्क / 134-0086 Tokyo to Edogawa ku Rinkaicho 6-2






