पर्यटन पत्रकार संघ बाँकेको प्रथम अधिवेसन आज

मधुपौडेल
बाँके,माघ ९-पर्यटन पत्रकार संघ बाँकेको प्रथम अधिवेसन आइतबार कोहलपुरमा हुने भएको छ ।समृद्धिका लागि पर्यटन संचार अभियान भन्ने मुल नाराका साथ पर्यटन पत्रकार संघको प्रथम अधिवेसन  केन्द्रिय अध्यक्ष धनीराम शर्मा ऋतुविचारको प्रमुख आतिथ्यमा हुने पर्यटन पत्रकार संघ तदर्थ समिति बाँकेका अध्यक्ष तथा अधिवेसन संयोजक अमृता के सीले जानकारी दिनुभयो ।पर्यटन प्रबद्धनका क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संघ नेपाल पर्यटन पत्रकार संघको प्रथम अधिवेसनले नयाँ कार्य समिति चयन गर्ने भएको छ ।

कार्यक्रममा बाँकेका प्रमसख जिल्ला अधिकारी रविलाल पन्थ ,पर्यटन समन्वय समिति बाँकेका संयोजक तथा स्थानिय विकास अधिकारी हरी प्याकुरेल , जिल्ला प्रहरी कार्यालय बाँके , बाँके राष्ट्रिय निकुन्ज , मध्यवर्ति वन उपभोक्ता संघ , सामुदायीक वन उपभोक्ता महासंघ बाँके , पर्यटकीय क्षेत्रमा काम गर्ने सरोकारवाला निकायको सहभागीता रहने संघका सचिव मद्यु पौडेलले जानकारी दिनुभयो ।संघको प्रथम अधिवेसन कोहलपुर उद्योग व्यापार संघ बाँके कोहलपुरको सभाहलमा हुने भएको छ ।