नेपालगन्ज भन्सारमा राजश्व संकलनमा वृद्धि: ६ महिनामा तिन अर्व संकलन

बाँके,माघ ९-नेपालगन्ज भन्सारमा कार्यालयले चालु आर्थीक वर्ष ०७३।०७४ को प्रथम ६ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आर्थीक वर्षको साउनदेखी पुस मसान्तसम्म तीन अर्व १७ करोड ४९ लाख ७६ हजार रुपैंया राजश्व संकलन भएको छ । ६ महिनाको भन्सार संकलन लक्ष्य दुई अर्व ३८ करोड १७ लाख ८१ हजार रुपैंया रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जर्नादन आर्चायले जानकारी दिनुभयो ।

नेपालगंज भन्सार कार्यालयले ६ महिनाको अवधीमा पाएको लक्ष्यको १५३.७४ प्रतिशत असुली गर्न सफल भएको छ । प्रमुख भन्सार अधिकृत आर्चायले भन्नुभयो भन्सार लक्ष्य पुरा गर्नको लागि कार्यालयले सक्रियता बढाईरहेको बताउनुभयो । पछिल्लो समय भारतबाट आउने थोरै परिमाणको सामानको पनि अनिवार्य भन्सार गर्ने गरिएको छ । यसबाहेक भन्सार चोरी नियन्त्रणका लागि पनि सक्रियता बढाईएको छ । भन्सार कार्यालयले भन्सार महसुल,मुल्य अभिबृद्ध कर, अन्त शुल्क र अन्य कर असुल गर्दै आएको छ ।

चालु आर्थीकबर्षका साउन देखि पुस महिना गरि ६ वटै महिनामा लक्ष्य भन्दा बढी भन्सार संकलन गर्न सफल भएको कार्यालयले जनाएको छ । यसअघि गत आर्थीकबर्ष २०७२।०७३ मा पाँच अरब ६५ करोड ६६ लाख ५५ हजार रुपौंया राजश्व संकलन भएको थियो । गत आर्थीकवर्षको लक्ष्य चार अरब ९९ करोड ६३ लाख एक हजार रुपैंया रहेकोमा लक्ष्यभन्दा बढी राजश्व असुली भएको हो । नेपालगंज नाकाबाट पेट्रोलियम पदार्थ ,चिनी,सिमेन्ट,सवारी साधन,खाद्यन्न,चामल,पत्थर ,कोईला ,तोरी लगायतका सामान बढि मात्रामा भित्रने गरेका छन् ।