विश्वकप फुटबल:आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुने

मोरोक्को र पोर्चुगल तथा इंल्याण्ड र साविक विजेता फ्रान्स विच खेल हुने

फाईल तस्विर !!

दोहा कतार,मंसिर,२४-कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका दुई रोमाञ्चक खेलहरु हुँदैछन् ।

आज शनिवार हुने पहिलो खेलमा मोरोक्को र पोर्चुगल बिच कडा प्रतिस्पर्धा हुनेछ।यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

यसैगरी क्वाटरफाइनलको अर्को रोमाञ्चक खेलमा इंल्याण्ड र साविक विजेता फ्रान्स बिच प्रतिस्पर्धा हुनेछ ।यी दुई टिमको खेल भने नेपाली समय अनुसार राति पौने १ बजेबाट सुरु हुनेछ ।

यसअघी शुक्रवार राती भएको क्वाटरफाइनलका खेलमा ब्राजीललाई पेनाल्टी सुटआउटमा हराउदै क्रोएसिया सेमिफाईनलमा पुगेको छ,भने शुक्रवारै राती भएको अर्को खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउट मार्फत नै हराउदै अर्जेन्टीना सेमिफाईनलमा पुगेको छ ।

शुक्रवार भएको यी दुई खेल पनि निकै रोमाञ्क बनेको थियो।अब सेमिफाईनलमा क्रोएसिया र अर्जेन्टिना बिच हुनेछ । 

यस्तै आज शनिवार मोरोक्को र पोर्चुगल, अर्थात इंल्याण्ड र फ्रान्स मध्य जित्ने टिमले सेमिफाईनलमा भिड्ने छन्।फाईनलका लागी अब क्रोएसिया र अर्जेन्टिना मध्य जित्ने एक टिम जानेछ ।

हार संगै विश्वकप फुटबलबाट ब्राजिल र नेदरल्यान्ड्स भने बाहिरिएको छ ।