बार्सिलोना र चेल्सी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश

काठमाडौं, मंसिर ७-

स्पेनिस फुटबल क्लव बार्सिलोना र इङ्ल्यान्डको चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् ।बुधबार राती ईटालीमा भएको खेलमा बार्सिलोनाले युभेन्टससँग गोलरहित बराबरी खेल्यो । यो बराबरीपछि बार्सिलोनाको ५ खेलबाट ११ अंक भएको छ ।

८ अंक जोडेको युभेन्टस्ले भने अर्को राती नै भएको खेलमा ओलम्पियाकोसलाई पोर्चुगलको स्पोर्टिङले ३-१ ले हराएको छ ।च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको अर्को खेलमा अजरबैजानको एफ.के काराबागलाई ४-० ले पराजित गर्दै इङ्लिस क्लब चेल्सी पनि नक आउट चरणमा पुगेको छ ।

चेल्सीलाई विजयी गराउन विलियनले दुई गोल गर्दा एडिन हाजार्ड र सेस्क फाब्रिगासले एक–एक गोल थपे । यही समूहको अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले ईटालीको ए.एस रोमालाई २-० ले हरायो । उता स्विस क्लव एफ.सी बाजलसँग १-० ले पराजित भएको म्यान्चेस्टर युनाईटेडले भने अर्को चरणमा प्रवेश गर्न समूहको अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।समुहको अन्तिम खेलमा म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए मस्कोसँग खेल्नेछ ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका अन्य खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी र जर्मनीको बायर्न म्युनिख विजयी भएका छन् ।पि.एस.जी.ले स्कटल्याण्डको सेल्टीकलाई ७-१ ले पाखा लगाउँदा जर्मनीको बायर्न म्युनिखले बेल्जियमको एन्डरलेच्टलाई २-१ ले पराजित गर्‍यो । यो समूहबाट पिएसजी र बायर्न म्युनिख यसअघि नै नक आउट चरणमा पुगिसकेका छन् ।