मुख्यमन्त्री पाण्डेद्वारा शपथ, तीन मन्त्री नियुक्त

काठमाडौं,कार्तिक,११-वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उहाँले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिनुभएको हो । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको छ ।

उहाँले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्नुभयो ।

नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिनुभएको थियो ।