चर्चित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचियो

काठमाडौं, फागुन,१५-

चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएपछि उनी केही सयम मैदानबाट टाढा हुने भएका छन् ।

फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजी.बाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् ।

फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १-० ले विजयी भएको खेलमा नेईमारको खुट्टामा चोट लागेपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो ।

पछि उपचारको क्रममा उनको खुट्टाको हड्डी मेटाटार्सल भाँचिएको र कुर्कच्चाको हड्डीमा समेत चोट लागेको भेटिएको छ ।

नेईमार कहिले मैदानमा फर्कन सक्छन् भन्नेबारे क्लबले आधिकारीक रुपमा केही बताएको छैन । ईमेजखबरबाट