रोजिन थापा मगरको जापानबाट आमालाई मार्मीक पत्र

आज मातातीर्थ औंसी

काठमाण्डौं,बैशाख,२१-

आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वमा जन्मदिने आमालाई मीठा–मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिने परम्परा छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा शुभाशीर्वाद थाप्ने दिनका रुपमा लिइन्छ । आमा नभएकाहरुले भने आमालाई तर्पण र पिन्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवंगत आमा र उनले गरेका महान् एवं कस्टकर काम सम्झने गर्दछन् । 

आजको दिन घर छोडी प्रदेशमा रहेका छोराछोरीहरुले पनी आमालाई विभिन्न माध्यमबाट सम्झिरहेका छन् । यस्तै जापानमा लामो समय देखि बस्दै आउनु भएका रोजीन थापा मगरले भने केहि मार्मिक शब्द कोर्दै पत्र मार्फत आजको दिन आमालाई यसरी समम्झिन्छन् ।

रोजिन थापा मगर

हाल : फुकुओका जापान

प्रिय आमा,

खाशै लेख्नु पर्ने त केहि थिएन तर आज तिम्रो यादले यती सतायो कि न लेखी बस्न मेरो मन मष्तिष्कले नै दिएन अनि झन आजको विषेश दिनमा तिम्रो लागी महसुस हुने अन्तर्मनका अनुभुती हरु तिमी समक्ष न पोखी बस्नै सकिन ।

तिमीले ९ महिना कोखमा राखेर जन्माएको म आज तिमीलाई सुख दिन र आफ्नो भविष्य राम्रो बनाउन भनेर तिमी बाट यो टाढाको पर्देश मा आएको छु । तिमीलाई न सम्झेको कुनै त्यस्तो पल त छैन न त तिम्रो यादमा आशुले सिरानी न भिजेको रात नै तर पनि आजको दिन हामी नेपाली हरुको लागी आमा को लागी विषेश भनेर छुट्टाइएको दिन भएको ले तिम्रो लागी दुइ शब्द कोरेर मन लाई शान्ती दिलाउने जमर्को गरे । मेरो यो प्रेम पत्र लाई अवश्य पनि स्विकार गर्नेछौ भन्ने आशा लिएको छु ।

तिम्रो त्याग मेरो लागि वा परिवारको लागी अपरिहार्य छ यसमा कुनै दुविधा नै छैन मलाई । तर तिम्रो त्याग ले आर्जेको संसार मा अझै पनि तिमीलाई नै खोज्न बाध्य छु । खै कहिले आउला त्यो दिन जुन दिन म तिम्रा लागी समर्पित भएर तिम्रो पाउ लाई काखमा राखेर मोल्दै तिमीलाई आनन्दको निन्द दिने रात भनेर कुरिरहेको छु ।कहिले दिन सकुला तिम्रो मन मा शान्ती मैले किन कि मलाई थाहा छ अझै पनि तिम्रो त्यो मन मेरै चिन्ता मा तड्पिरहेको छ ।

पर्देशको ठाउँ के खायो होला क गर्दै छ होला भनेर तिम्रो मन दिन रात तड्पिरहेको महसुस मैले गर्न सक्छु आमा । तर पनि विभश छु कि सबै कुरा थाहा पाएर पनि फर्केर तिमी नजिक जान सकेको छैन अनि तिम्रै लागी भन्दै बहना बनाएर विदेशको रमझम मा झुलिरहेको छु ।

जिन्दगीको रित के रहेछ अनि अर्थ के रहेछ यसलाई बुझ्न खोज्दा खोज्दै समयले कोल्टे फेर्ने रहेछ तर पनि यसलाई बुझ्न भने असमर्थ हुने रहेछौ आमा हामी । जब म सानो थिए मलाई याद छ कि मलाई भोक लागेको तिर्खा लागेको तिमीलाई पहिला थाहा हुने गर्थ्यो, हो तिमी त्यही आमा हौ जसले मलाई काखमा राख्दा सारा दुनियाँ लाई भुलेर मेरो न फुटेको बोली सँगइ तिमी पनि गुनगुनाउने गर्थ्यौ ।

तर म भने अहिले यो विदेशलाई भुलेर तिम्रो काखमा फर्किन सकिरहेको अवस्था छैन तर वाचा गर्छु कि जती सक्दो छिटो फर्किने कोशीस भने पक्कै गर्नेछु अनि जिन्दगी भरी तिम्रै निम्ती बाचेर देखाउने छु अनि तिमीलाई नै संसार बनाई जीवनको गोरेटो हरु मा पाइला अघी बढाउने छु ।

तिम्रो प्यारो छोरा
रोजिन थापा मगर
(पर्देशको कुनै एकान्त कोठा बाट्)