टेक्निकल कलेजका बिद्यार्थीहरुले गरे आफूले बनाएको चित्रकला प्रर्दशनी

नेपालगन्ज, बैशाख,२०-


टेक्निकल कलेजका बिद्यार्थीहरुले नेपालगन्जमा आफूले बनाएका चित्रहरु शुक्रबार प्रदर्शन गरेका छन।

प्राविधिक शिक्षा अध्यापन गराउँदै आएका विद्यालय नेपालगन्ज टेक्निकल कलेज र नेपालगन्ज टेक्निकल स्कुलको संयुक्त आयोजनामा शुक्रबार उक्त प्रदर्शनी कार्यक्रम गरिएको थियो।

दुबै स्कुलमा अध्ययनरत बिद्यार्थीहरुद्वारा बनाएका हस्तकला चित्रकला प्रर्दशनी नेपालगन्ज टेक्निकल कलेजको प्राङ्गणमा गरिएको थियो।

कलेज तथा स्कुलमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुले स्वास्थ्य , ईन्जिनियरिङ , कृषि, लगायतका क्षेत्रसंग सम्बन्धित हस्तकला चित्रकला बनाएका थिए ।

उक्त प्रर्दशनी कार्यक्रमको प्रमुख अतिथि भेरी प्राविधिक शिक्षालय नेपालगन्जका प्रिन्सिपल अच्युत राज दाहाल रहनु भएको थियो। बिशिस्ट अतिथिमा नेपालगन्ज उपमहानगरपालिका वडा न १३ का वडा अध्यक्ष विरेन्द्र शाह रहनु भएको थियो।

त्यस्तै अतिथिहरुमा नेपालगन्ज टेक्निकल कलेजका सञ्चालन समितिका अध्यक्ष डा- नेत्रराज चटौत, कलेजकै प्रवन्ध निर्देशक किशोर कुमार पाण्डे , टेक्निकल कलेजका प्रिन्सिपल ईन्जिनियर दिपक बि-सी- नेपालगन्ज टेक्निकल स्कुलका प्रिन्सिपल ईन्जिनियर दामोदर ढकाल लगायतका रहनु भएको थियो ।

उक्त प्रर्दशनीमा सुन्दर गाउँ , डोजर, रङ्गशाला, युरिनरी सिस्टम , मन्दिर लगायतका सामग्रीहरु बनाएका थिए । प्रदर्शनी अवलोकनकर्ताहरुले पढाइको साथसाथै यस्ता किसिमका हस्तकला चित्रकला निर्माण गरेकोमा बिद्यार्थी भाइबहिनीहरुलाई विशेष धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रम सञ्चालन नेपालगन्ज टेक्निकल कलेजमा सामान्य चिकित्सक द्वितीय वर्षमा अध्ययनरत विद्यार्थी पुष्पराज शर्माले  गर्नु भएको थियो।