टायर बाल्ने दुईजना बालक सुर्खेतमा पक्राउ :विप्लवद्वारा बालक प्रयोगको शंका

सुर्खेत,जेष्ठ ,१३-

तस्वीर : सिपी कार्की

सडकमा टायर बाल्ने दुईजना बालकलाई प्रहरीले भेरेगंगा नगरपालिका १२ मसिनाबाट आज(सोमबार ) नियन्त्रणमा लिएको छ।

५/६ जनाको समुहमा भेरिगंगा नगरपालिका १२ स्थित मसिनाको बिच सडकमा टायर बालिरहेको अबस्थामा ती दुई बालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको हो। अन्य चाहिँ प्रहरीलाई देखेपछि भागेका थिए।

बालबालिकालाई कस्ले यस्तो कार्य गर्न लागायो भन्ने कुराको अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाईंले जानकारी दिए।
देशभर आज(सोमबार) विप्लव समुहद्वारा गरिएको बन्दको अवस्थामा बालबालिकालाई प्रयोग गरिएको होकि भन्ने शंका गरिएको छ।