नेपालगन्जमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु : एक घाईते

नेपालगन्ज,जेष्ठ,१३-

नेपालगन्जमा आज (सोमबार )दिउँसो साढे दुई बजेतिर  भएको स्कुटर दुर्घटनामा एकजनाको ज्यान गएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलनीपुरुवा भन्ने ठाउँमा दिउँसो  भे ५ प ४३१४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार नेपालगन्ज २० का ४७ बर्षिय जाहेद अलि मनिहारको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक मनिष चौधरी घाइते हुनुभएको छ । उहाँको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, तीब्रगतिको स्कुटर अनियन्त्रित भएर पल्टिएको हो ।