नेपाली कांग्रेस जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम राजीपुरमा सम्पन्न

गोपाल जंग थापा/

टीकापुर,कार्त्तीक,२५-

नेपाली कांग्रेससको जनप्रतिनिधी परिचालन समितिको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम आज कैलालीको टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरमा सम्पन्न भएको छ ।

जनप्रतिनिधी परिचालन समिति वडा नम्बर २ का संयोजक गणेश बहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदार रहेकी ईश्वरी न्यौपानेले मंसिर २१ गतेको निर्वाचनमा कांगे्रसलार्ई मतदान गर्न आग्रह गरिन ।

नेपाली कांगे्रसकी केन्द्रीय सदस्य समेत रहेकी न्यौपानेले देशको नेतृृत्व र विकास कांगे्रसले मात्र गर्न सक्ने भन्दै बामगठबन्धनले जनतालाई दुःख मात्र दिने आरोप लगाइन । उनले कम्युनिष्ट शासनले देशमा शान्ति नभई अशान्ति फैलने खतरा रहेको औल्याउदै लोकतन्त्र बलियो बनाउनका लागि आगामी निर्र्वाचनमा कांगे्रसलार्ई बहुमत सहित जिताउनु पर्नेमा जोड दिइन ।

नेपाली कांगे्रस टीकापुर नगरपालिका वडा नम्बर २ का सभापति नर बहादुर ठकुल्लाले स्वागत गरेको कार्यक्रम उक्त कार्यक्रममा प्रदेश सभाका उम्मेदार रणबहादुर रावल, प्रदेश सभाका समानुपातिक उम्मेदार फकिरसिंह कडायत, टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट, नेपाली कांगे्रसका युवा नेता लौटन चौधरी, प्रदीप विष्ट लगायतले मन्तव्य राखेका थिए । उक्त कार्र्यक्रमको सञ्चालन भने नेपाली कांगे्रस टीकापुर नगर सचिव जवाल सिंह तिरुवाले गरेका थिए ।

यसैबीच : सो अवसरमा विभिन्न पार्टी परित्याग गरी हिमालय युवा क्लब राजीपुरका अध्यक्ष हरिनारायण चौधरी र राजीपुर आमा समूहका अध्यक्ष मिना चौधरी सहित ६२ जना नेपाली कांगे्रसमा प्रवेश गरेका छन । उनीहरुलार्ई नेपाली कांगे्रसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र युवा नेता लौटन चौधरीले टीका लगाएर पार्र्टी प्रवेश गराएका हुन् ।