आज देखी मतदाता शिक्षा कार्यक्रम सुरु

२० हजार कर्मचारी परिचालन

काठमाडौं, कात्तिक,२५-

निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।पहिलो चरणको निर्वाचन आउन १५ दिन बाँकी रहँदा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भोट हाल्न प्रेरित गर्न र भोट हाल्ने तरिका सिकाउन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको जनाएको छ ।मतदाता शिक्षाका लागि करिब २० हजार कर्मचारी परिचालन गरिएको छ ।

उनीहरु जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन सक्रिय भएको निर्वाचन आयोगले जनाएको छ ।पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर १० गते र दोस्रो चरणको निर्वाचन मंसिर २१ गते तोकिएको छ ।