साफ यू–१८ आज देखि : नेपाल र माल्दिभ्स भिड्ने

साफ च्याम्पियनसिपको उपाधिमाथी ह्याट्रिक गर्ने दाउमा नेपाल

काठमाडौं,असोज,३-

तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप आज (शुक्रबार) बाट सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेता समेत रहेको आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ११ बजे सुरु हुनेछ । समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समुह ‘बी’ रहेको भारत, श्रीलंका र बंगलादेश छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।

यसअघि नेपाल र भुटान भएको अघिल्ला दुई संस्करणको प्रतियोगिता नेपालले जितेको थियो । सहज समुहमा परेको नेपाललाई सेमिफाईनल पुग्न कठिन हुने छैन । सेमिफाईनल प्रवेश गरेपछि नेपालले कडा प्रतिद्वन्दी भारत र बंगलादेशसंग खेल्नुपर्नेछ ।

मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने बताउनुभयो । प्रि(म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताउनुभयो ।

‘प्रतियोगितामा सबै टिम बलिया छन् । तर, हामीले त्यहिँ अनुसार तयारी गरेका छौँ ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘यस पटक घरेलु मैदानमा प्रतियोगिता हुँदैछ । हामीले त्यहिँ अनुसार जितेर ह्याट्रिक गर्ने लक्ष्य बनाएका छौँ ।’

प्रशिक्षक श्रेष्ठले नेपालले प्रतियोगिता अघि ४५ दिन तयारी गरेको र टिम उत्कृष्ट बनेको बताउनुभयो । प्रतियोगिताको उपाधि जित्न टिमले अट्याकिङ पोजिसनलाई बढी फोकस गरेको समेत बताउनुभयो ।

‘हाम्रो सबै पक्ष राम्रो छ । मिडफिल्ड सबै भन्दा बलियो छ । उपाधि जित्नको लागि हामी अट्याकिङ पोजिसनलाई बलियो बनाएका छौं ।’ श्रेष्ठले भन्नुभयो केहि अनुभवी खेलाडी र कोरियाको एकेडेमीमा रहेर खेलिरहेका मनिष डाँगी टिममा रहेको कारण टिमको अग्र पंक्ति बलियो भएको श्रेष्ठको भनाई छ ।खेलपाटीबाट