अन्तर मावि उपमेयर छात्रा क्रिकेटमा आदर्श मावी र मंगल प्रसाद मावि बिजयी

नेपालगन्ज,फाल्गुन,२२-
बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रथम अन्तरमावी उपमेयर छात्रा क्रीकेट
प्रतियोगितामा आदर्श मावी र मंगल प्रसाद मावी बिजयी भएका छन।

बुधबार सम्पन्न पहिलो खेलमा मंगलले युनाइटेड एजुकेसन एकेडेमी लाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर पहिला व्याटिङ गरेको युनाइटेडले निधारित १२ ओभरमा ८ विकेट गुमाउँदै ६० रन बनाएको थियो । उसका लागि अस्मिता केसिले ११ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । मंगलका बलर प्रतीक्षा चौधरीले ३ ओभरमा १२ रन दिएर ५ विकेट लिए भने स्वतिका खत्रीले २ विकेट लिइन् ।

जबाफी व्याटिगमा आएको मंगलले ५ ओभर २ बलमै १ विकेटको नोक्सानी मा ६१ रन बनायो । उसका लागि स्वतिका खत्रीले २१र एलिना बर्माले १९ रन योगदान गरिन् ।
युनाइटेडका बलर शन्द्य्या शाहले १ विकेट लिइन् । खेलमा ओमेन अफ द म्याच प्रतीक्षा चौधरी घोषित भए । उनिले नेपालगन्ज मोडेल एकेडेमीले आकर्षक टि सट प्राप्त गरिन प्रतियोगिता अबधीभरी सो स्कुलले ओमेन अफ द म्याचलाई टि सर्ट प्रदान गर्ने छ ।

प्रतियोगिताको दोस्रो खेलमा आदर्श मा वि ९ विकेटले बिजयी भएको छ । खेलमा टस जितेर पहिला व्याटिग गरेको     सिद्धार्थ माविले     १२ ओभरमा मात्र ६१ रन वनाएको थियो ।     सिद्धार्थ माविका लागि   अर्पना ठाकुरले २२ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । आदर्शका लागि दोर्मा शेर्पाले २ ,पेम्बा लमु शेर्पाले १ विकेट लिए।

जबाफी व्याटिगमा आएको आदर्शले ५ ओभर ५ बलमा बिजयला लक्ष भेटायो । उसका लागि पेम्बा लमु शेर्पाले नट आउट २९ रनको पारी खेलिन।     सिद्धार्थ माविका लागि   अर्पना ठाकुरले १ विकेट लिइन् । प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ ।

प्रतियोगितामा बिहीवार शान्ती बिधा निकेतन र एबिसी रेसिडेन्टल तथा नेपालगन्ज मोडेल एकेडेमी र होप इन्टरनेशनल नेपालगन्ज बिच हुने बांके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिनु भयो ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने छ ।